logo
२०८१ बैशाख १५ शनिवार

  दृश्य समाचार  



नेपालमा किनिएका मोवाइल सेट बन्द हुँदैनन्, हराएमा खाेज्न सजिलाे

अर्थ |


नेपालमा किनिएका मोवाइल सेट बन्द हुँदैनन्, हराएमा खाेज्न सजिलाे


आशा साह, दृश्यमा मनोजरत्न शाही
काठमाडौं, साउन १ गते । नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेबाट विदेशबाट अवैध रुपमा ल्याइएका मोवाइल सेट चलाउन नमिल्ने नियम लागू गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएपछि कुन मोबाइल सेट वैध र कुन अवैध भन्ने छुट्याउन सकिने र अवैध मोवाइल सञ्चलन बन्द हुने प्राधिकरणले जनाएको छ ।


यो प्रणाली तथ्याङ्कका लागि प्रयोग गरिने प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्याङ्कले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउने छ । प्राधिकरणका अनुसार हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ ।
मोवाइल डिभाइस मनेजमेन्ट सिस्टम शुक्रबारदेखि शुरु भए पनि यस अघि आईएमईआई दर्ता नभएका मोबाइल सेट भने तत्काल बन्द नहुने प्राधिकरणले जनाएको छ । यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने तर नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम गरिने जनाइएको छ ।
कुनै फोन विदेशबाट किनेर वा उपहारका रूपमा आएको छ भने त्यस्तो मोबाइलको मात्रै आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । यो प्रणाली लागू भएपछि नेपालमा वैधानिक रूपमा बिक्री भएका मोबाइललाई वैधको सूचीमा राखेर अन्य मोबाइल डिभाइसको वर्गीकरण थालिनेछ । प्राधिकरणको वेबसाइटबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको आईएमईआई नम्बरसहित एउटा सरकारी परिचयपत्र पनि अपलोड गर्नुपर्छ । यसबाहेक आफ्नो माोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर जाँच्ने सुविधा पनि त्यहीँ हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?