logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

अर्थ |


भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि
तस्विर-फाइल


नयाँ दिल्ली, वैशाख २२ गते। भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२  छ ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?