logo
२०८१ बैशाख १५ शनिवार



चार वस्तुको आयात कोटा हटाइयो   

अर्थ |


चार वस्तुको आयात कोटा हटाइयो   
फाईल तस्विर


काठमाडौँ, वैशाख ३ गते । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोटा वितरण प्रणाली स्थगित गरेको हो । सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो। चालू आर्थिक वर्ष २०७७-७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।    
    
 कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगित गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो ।  उहाँका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन । कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए ।    
    
 यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३, नधुल्याइएको मरिच आयात गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ । गतवर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्णरुपमा रोक लगाउनुभएको थियो ।      

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?