logo
२०८१ बैशाख १५ शनिवार



लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे

अर्थ |


लयमा फर्कँदै पर्यटन व्यवसाय, नेपाल आउने पर्यटक बढे


मुकुन्द गैरे
काठमाडौं, फागुन २२ गते । नेपालमा कोरोना संक्रमण कम भएसँगै विदेशी पर्यटक नेपालमा आउने क्रम बढ्न थालेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कमा फेब्रुअरी महिनामा नेपालमा आउने विदेशीको संख्या वृद्वि हो । यस महिनामा विभिन्न देशबाट नौ हजार १४६ जना विदेशी नेपाल आएकोमा छहजार ८८९ जना आफ्नो देशमा फिर्ता भएका छन् ।

यसअघि कोरोनाको महामारीमा नेपाल आउने भन्दा आफ्नो देश फर्कन अवस्था थियो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशी पर्यटकको आगमन धेरै नभए तापनि विस्तारै पर्यटकको आगमन बढ्दै गएको बताउनुहुन्छ ।

हाल पर्यटक आउने ऋतु सुरु भए तापनि नेपालमा क्वारेन्टाइनको व्यवस्थाका कारण पर्यटकहरु नेपाल आउन नचाहेको बताउँदै अध्यक्ष सुवेदीले भन्नुभयो ‘क्वारेन्टाइनको व्यवस्था हटाए भने यो भन्दा धेरै गुणामा पर्यटकको आगमन हुन्छ ।’

यसैबीच, होटल सङ्घ नेपाल (हान) का महासचिव साजन शाक्यले विदेशी पर्यटकले होटलको बुकिङ्ग गर्नेको संख्यामा कमी भएता पनि खासगरी राजधानीमा बाहेक पोखरा, लुम्बिनी, चितवन, बन्दीपुर, नगरकोट, धुलिखेललगायत क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको महासचिव शाक्य बताउनुहुन्छ ।

सन् २०२० मा स्वदेश फर्कने विदेशी बढी

सन् २०२० मा विभिन्न दुई लाख ३८५ जना विदेशी नेपाल आएका छन् । सो अवधिमा दुई लाख ४५ हजार ५५७ जना विदेशी नेपालबाट स्वदेश फर्किएको पाइएको छ । सो अवधिमा अष्टेलियाबाट छ हजार ७९३ जना विदेशी नेपाल आएकोमा आठहजार ३३५ जना स्वदेश फर्किएका थिए । बंगलादेशबाट चार हजार ९१७ नेपालमा आउँदा पाँच हजार ४९२ जना स्वदेश फर्किएका थिए ।

बेल्जियमबाट एकहजार २३४ विदेशी नेपालमा आए भने एकहजार २२८ स्वदेश फर्किएको विभागले जनाएको छ । भुटानबाट दुईहजार १३९ जना नेपाल आएकोमा दुईहजार ७२६ जना स्वदेश फर्किएको पाइएको छ । ब्राजिलबाट ८ सय ४४ जना नेपाल आएकोमा ८२८ जना स्वदेश फकिए ।

क्यानेडाबाट ३१ सय २ जना नेपाल आएकोमा ३१ सय ६५ जना स्वदेश फकिएको पाइएकोमा छिमेकी मुलुक भारतबाट ४० हजार ३३६ जना नेपाल आएकोमा ३९ हजार ९ सय ४७ जना स्वदेश फर्किएको पाइएको छ ।

छिमेकी मुलुक चीनबाट १९ हजार २५७ जना नेपाल आउँदा २७ हजार ७४७ जना फिर्ता भएका छन् भने जर्मनीबाट पाँच हजार ८९६ नेपाल प्रवेश गरेकोमा पाँच हजार ५२१ स्वदेश फर्केका थिए । यस्तै, फ्रान्सबाट चारहजार ५४० नेपालमा (चार हजार २६७ फिर्ता), जापान पाँचहजार ५९९ (फिर्ता छहजार ८४४), दक्षिण कोरिया छहजार ९४४ (फिर्ता ७६१०), मलेसिया ३४६० (फिर्ता ३३८८), म्यानमारबाट २०,९११ ( फिर्ता २०,२४३), नेदरल्याण्डस् २५६३ (फिर्ता २५९०), फिलिपिन्सबाट १०१७ (फिर्ता १०७५), पोल्यान्डबाट १२५० (फिर्ता १०९६), पोर्चुगलबाट ७८७ (फिर्ता ८०१) र श्रीलङ्का १३,३२८ नेपाल भ्रमणमा आउँदा १३,१११ स्वदेश फर्किएको तथ्याङ्क रहेको छ । सरकारले यही कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेसँगै विदेशी पर्यटक नेपाल आउन सुरु गरेका थिए ।

यता, पर्यटन बोर्डले पर्यटकीय तथ्याङ्क व्यवस्थापन, आन्तरिक गन्तब्यको प्रवद्र्धन, डिजिटल माकेर्टिङका साथै कोभिड सामान्य भएपछि अन्तर्राष्ट्रिय गन्तब्यमा गरिने प्रवर्धनका योजना कार्यक्रमको तयारीमा बोर्ड जुटेको छ ।

कोभिडविरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देशसँगै आन्तरिक पर्यटन प्रवर्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन रणनीतिक योजनाका साथ अघि बढेको बोर्डका कार्यकारी प्रमुख डा. धनजन्य रेग्मीले केही दिन अघि पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?