logo
२०८१ जेष्ठ ९ बुधवार



‘पुनर्जीवनका कोष यसै आर्थिक वर्षमा वितरण गर्छौं’

अर्थ |


‘पुनर्जीवनका कोष यसै आर्थिक वर्षमा वितरण गर्छौं’



लेखनाथ समाचारदाता

पोखरा, पुस २५ गते । आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना भाइरसले थला परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन प्रदेश सरकारले व्यवसायी पुनर्जीवन कोष वितरण कार्यविधि तयार पारेको बताउनुभयो।
पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशन शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले प्रदेश सरकारले स्थापना गरेको पुनर्जीवन कोषको एक अर्ब रुपियाँ यसै आर्थिक वर्षभित्र वितरण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । कार्यविधि तयार भएको छ, त्यसमा साना तथा मझौला व्यवसायीलाई ध्यान दिएर कार्यविधि बनाएका र चालू आर्थिक वर्षभित्र वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले प्रभावित व्यवसायीलाई मापदण्ड बनाएर यसै आर्थिक वर्षभित्र वितरण गर्नेछौँ र आगामी आर्थिक वर्षमा पनि त्यसलाई निरन्तरता दिनेछौँ । ”
अब कोरोनाबाट डराएर बस्न नहुने बताउँदै अािर्थक क्षेत्रको अन्योलता र प्रभावबाट मुक्त हुँदै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै उहाँले नेपालको अर्थतन्त्र भूकम्प, नाकाबन्दीको सामना गरेर विकासको आधारशिला निर्माणका क्रममा सङ्घीयता कार्यान्वयनको बेला अनपेक्षित रूपमा कोरोना भाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक अस्थिरताबाट आर्थिक स्थिरताको अपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले भूकम्प, नाकाबन्दी र कोरोनाले प्रताडित गरेको बेला पछिल्लो राजनीतिक घटनाले अनिश्चित र स्थिरताको बाटोमा पु¥याएको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि शनिबार मतदान हुनेछ । महाधिवेशनमा दुई प्यानल चुनावी मैदानमा छन् । वर्तमान कार्यसमिति सदस्य नारायण कोइराला र उद्योग उपाध्यक्ष बिन्दु कोइराला सुवेदी प्यानलसहित चुनावी
मैदानमा उत्रनु भएको छ ।
नाराण कोइरालाको प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति निर्विरोच चयन भइसक्नुभएको छ भने वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य, उपमहासचिवमा केशवबहादुर खत्री हुनुहुन्छ । त्यस्तै बिन्दु कोइराला सुवेदीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार छैन भने उपाध्यक्ष वाणिज्यमा सोवित पौडेल, उद्योग उपाध्यक्षमा उम्मेदवारी छैन । महासचिवमा धनिराम बराल, कोषाध्यक्षमा तारानाथ ढुङ्गाना र उपमहासचिवमा धर्मराज बर्तौला हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?