logo
२०८१ बैशाख १४ शुक्रवार



असोज १५ भित्र विद्यार्थी भर्ना

शिक्षा |


असोज १५ भित्र विद्यार्थी भर्ना


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । वैकल्पिक विधिको सिकाइमा सहभागी गराउन विद्यालयले आउँदो असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने भएको छ । हाल विद्यालयमा भर्ना हुन बाँकी रहेका तथा स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो साताभित्र अनिवार्य रूपमा भर्ना गराउन सरकारले विद्यालयलाई ताकेता गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले आफ्ना वरपरका सबै विद्यार्थीलाई असोज १५ भित्र विद्यालयले अनिवार्य रूपमा भर्ना गर्नुपर्ने बताउनुभयो । यसमा स्थानीय तहले सहयोगी खालको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?