logo
२०८१ बैशाख १५ शनिवार



बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ

अर्थ |


बजार चलायमान हुँदै, व्यापारी आशावादी, दशैंले भरथेग गर्नसक्छ
तस्बिर: सुजन गुरूङ्ग


मुकुन्द गैरे
काठमाडौं, असोज ४ गते । अरु चाड पर्वमा भन्दा दशैँमा नयाँ कपडा लगाउने चलनले दशैँमा धेरै कपडा खपत हुने गर्छ । नेपालमा खपत हुने लत्ताकपडा प्रायः बाहिरी मुलुकबाट आउने गर्छन् । दशैँ नजिकिँदै गर्दा कोरोना संक्रमण थथावत रहे पनि चहलपहल भने बढ्न थालेको छ । अहिले व्यापारीहरु दशैँको लागि आवश्यक पर्ने सामान ल्याउन लागि परेका छन् । नेपालमा छिमेही चीन र भारतसहित बंगलादेश, इटाली, थाइल्याण्ड, अमेरिका, पाकिस्तान, इन्डोनेसिया, भियतनाम, ओमन, जापान, कोरिया, ताइवानलगायतका देशबाट विभिन्न डिजाइनका लत्ताकपडा आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।

उक्त देशबाट लत्ताकपडा आउने गरेको भए तापनि सबैभन्दा बढी मात्रामा चीनबाट आउने गर्छन् । धेरै किसिमको डिजाइन र सामानको गुणस्तर अनुसारको सस्तो मूल्यदेखि महङ्गो मूल्यका सामान चीनमा उत्पादन हुने गर्छ । जस्को कारण मानिसले आप्mनो आर्थिक अवस्था हेरेर उक्त सामानमा आकर्षण बढ्ने गरेको व्यवसायीको भनाइ छ । दशैँ नजिकिँएपछि कपडाको आयात बढ्दै गएको व्यवसायी बताउँछन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ दशैँ, तिहार चाड पर्व नजिकिएको अवस्थामा मानिसको आवतजावत खुला भएकाले व्यापार व्यवसाय चलायमान हुने बताउनुहुन्छ । लामो समय रोकिएको कारोबार अब सुधार हुने आफूहरुले आशा लिएको उहाँले बताउनुभयो । दशैँका लागि चाहिने सामान व्यवसायीसँग मौज्दात रहेको र बाहिरबाट आउने क्रम जारी रहेकाले सामानको अभाव नहुने उहाँ बताउनुहुन्छ ।

यो पटक ग्राहकको आर्थिक अवस्था कस्तो रहेको छ त्यस अनुसार व्यापारको अवस्था रहने उहाँले स्पष्ट पार्नुभयो । लामो समयदेखि बन्द भएका उद्योग, व्यवसाय सुचारु हुनुमा नै आफूहरुको लागि खुशीको कुरा भएको उहाँले प्रतिक्रिया दिनुभयो । चीनको नाकामा रोकिएका सामान अब केही दिनमै खुल्ने अपेक्षा लिए बताउँदै उहाँले सरकारसँग नाका सुचारु गर्ने विषयमा कुराकानी भइरहेको बताउनुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बन्द भएको व्यापार खुला भएसँगै व्यापार हुन थालेको बताउनुहुन्छ ।

लामो समय बन्दका कारण घाटा व्यहोरेका व्यापारी, नजिकिँदो दशँैमा हुने व्यापारले राहत पुग्ने अपेक्षा लिएको अध्यक्ष कटुवाल बताउनुहुन्छ ।
दशँैमा चाहिने सामान ल्याउन व्यवसायीहरु लागि परेको र चीनबाट आउने सामान भारतीय बाटो भएर आइरहेकाले सामान अभाव नहुने उहाँले दाबी गर्नुभयो ।
नेपाल–चाइना चेम्बर अफ कमर्शका उपाध्यक्ष राष्ट्रभूषण चाकुबजि चीनबाट सामान रोकिएको अब दशैँसम्म नाका खुल्ने आशा भएको बताउनुहुन्छ ।
चीनमा आउजाउ गर्ने सहज वातावरण नभएकाले सामान ल्याउन हाललाई समस्या देखा परेकोे बताउँदै नेपाल सरकारले लकडाउन खुला गरेको अवस्थामा चीनले भने नाकामा कडाई गरेको उहाँले बताउनुभयो ।

उनीहरुले कन्टेनरमा लोड गरेर नाकासम्म सामान ल्याइदिने गरे पनि व्यवसायी आवतजावत र आफँै गएर सामान ल्याउने अवस्था अहिले नरहेको अध्यक्ष चाकुबजि बताउनुहुन्छ । अहिले चीनबाट कोरोनाको कारण गतवर्ष भन्दा कम सामान आयात हुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप