logo
२०८१ बैशाख २६ बुधवार



डिजेल र मट्टितेलको मूल्य एक रूपियाँ घट्याे

अर्थ |


डिजेल र मट्टितेलको मूल्य एक रूपियाँ घट्याे


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौं ३१ गते । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ९० रुपियाँ भएको छ ।

पेट्रोल, हवाई इन्धन र एल.पी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट भदौं ३१ गते प्राप्त खरिद मूल्य अनुसार पेटोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?