logo
२०८१ बैशाख १५ शनिवार



नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

शिक्षा |


नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै
सांकेतिक तस्विर


शिवा तामाङ
कठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ पारेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विश्वव्यापी महामारी रुपमा देखिएको कोरोनाको प्रभाव न्युनिकरणमा सहयोगी हुन सक्ने ‘नाष्ट भिजिटर सर्भिस रोबोट’ सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

सो प्रतिष्ठानमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा चार अन्य इन्जिनियरको ‘इनोभेषन ग्रुप’ ले निर्माण गरिरहेको सो रोबोटले नेपाली र अँग्रजी दुई भाषामा कुराकानी गर्दछ, मास्क लगाएको छैन, भने मास्क झिकेर दिने र स्यानिटाइजर समेत दिन सक्नेछ ।

हालसम्म बनेका रोबोटले विरामीलाई औषधि र खाना पु¥याउने गर्दछ भने नाष्टले बनाईरहेको रोबोटले हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको, नलगाएको छुट्टाउने र मास्क नलगाएकोलाई माक्स दिने, सेनेटाईजर दिने, नास्टको बारेमा बोलेर तथा श्रब्यदृश्य मार्फत सुचनाहरु दिन सक्नेछ, इन्जिनियर पाण्डेले भन्नुभयो । साथै, आर्टिफियल इन्टेलिजेन्स र मेसिन लर्निङमार्फत दोहोरो कुराकानी समेत गर्न सक्ने हुनेछ ।

सो रोबोट महिला स्वय्मसेविकाको स्वरुपमा तयार भईरहेको छ । मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाईजर डिस्पेन्सरजडित, मानिसले मास्क लगाए, नलगाएको सङ्केत समेत गर्नुको साथै नास्टको विभिन्न सूचनाहरु देखाउन सक्ने स्वचालित रोबोटले कार्यालयमा प्रवेश गर्दा र बाहिर आउँदा आगन्तुकलाई मास्क नलगाएको खण्डमा आफ्नो झोलाबाट माक्स निकाली दिने र सेनिटाईजर दिने तथा श्रव्य दृश्य मार्फत् सूचनाहरु दिएर कोरोना भाइरसको बारेमा जनचेतना दिनु नै यस रोबोटको मुख्य उद्देश्य हो, इन्जिनियर पाण्डेले बताउनुभयो ।
सो रोबोटमा २५ वटा विभिन्न प्रकारका मोटर छन्, जस्ले रोबोटलाई राम्रोसँग चलायमान तथा हिँड्डुल गर्न मद्दत गर्छ । उक्त रोबोटको उचाई ५ फिट तथा तौल ५० किलोको हुनेछ ।
उक्त रोबोटमा जडित क्यामराले मास्क लगाएको नलगाएको छुट्टाउने, न्युरल नेटवर्क, ९ल्भगचब िल्भतधयचप०को मद्दतले तथा पछाडि रहेको भेन्डिङ मेसिनले माक्स निकाली दाँया हातले दिने र बाँया हातले सेनिटाईजर दिने काम गर्नेछ । बिहीबारदेखि सुरु हुने राष्ट्रिय विज्ञान दिवस साताभर विविध कार्यक्रमको साथ मनाईंदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?