logo
२०८१ बैशाख १५ शनिवार



तीन सय रुपियाँले घट्यो सुनको भाउ

अर्थ |


तीन सय रुपियाँले घट्यो सुनको भाउ
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २१ गते । सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको तोलाको ९६ हजार एक सय रुपियाँमा कारोबार भएको हो । आइतबार नै तेजाबी सुनको मूल्य तोलाको ९५ हजार छ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोलाको ९६ हजार चार सय रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार नाै सय रुपियाँ कायम भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?