logo
२०७७ असोज ४ आईतवार

बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


2020-08-11-20259
तस्विर–ढाका ट्रिब्युन


बेरुत, साउन २७ गते ।
गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीनामा दिनुभएको छ । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए ।
नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए । यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गर्नुभएको थियो ।
लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए । त्यसैगरी नागरिकले प्रधानमन्त्री नेतृत्वको सरकारमाथि असक्षमताको आरोप पनि लगाएका छन् ।
लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो ।बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए ।
उहाँले सो टिभीमा दिनुभएको सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गर्नुभएको थियो । तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताउनुभएको थियो ।
उहाँले लेबननमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट हो भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप