logo
२०८१ बैशाख १४ शुक्रवार



तोलामा चार सयले घट्यो सुनको भाउ

अर्थ |
पढ्नै पर्ने |


तोलामा चार सयले घट्यो सुनको भाउ


काठमाडौँ, असार ९ गते । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा आज सोही परिमाणको पहेँलो धातुको मूल्य रु ९० हजार ६०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ । बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?