logo
२०८१ बैशाख २४ सोमवार



देशभर १३० औद्योगिक ग्राम निर्माणमा दुई अर्ब ६४ करोड बजेट

अर्थ |


देशभर १३० औद्योगिक ग्राम निर्माणमा दुई अर्ब ६४ करोड बजेट


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १५ गते । सरकारले नेपाली सेना, नेपाल प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक स्वदेशमै उत्पादन गर्ने भएको छ । बजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका उद्योगहरूलाई कर सहुलियतको व्यवस्था पनि गरिने भएको छ । देशभर १३० औद्योगिक ग्राम बनाउनका लागि दुई अर्ब ६४ करोड रुपियाँ विनियोजन गरिएको छ।

यसैगरी, निर्माणाधीन विशेष आर्थिक क्षेत्रहरूको निर्माणलाई निरन्तरता दिइने बताइएको छ। नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन थाल्न पहुँचमार्ग बनाइसक्ने पनि जनाइएको छ ।
त्यस्तै, बैतडी र बझाङमा फस्फाेराइट र उदयपुरकाे कम्पुघाटमा म्याग्नेसाईट उत्पादनको अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । सुर्खेतको पत्थर खानीको काम अघि बढाइने पनि बजेटमा उल्लेख छ । रुग्न उद्योगहरूकाे पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबिच सहकार्यका आधारमा अघि बढ्ने उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?