logo
२०८१ जेष्ठ ७ सोमवार



रुदीखोलामा १५.४ मेगावाट विद्युत उत्पादन

अर्थ |


रुदीखोलामा १५.४ मेगावाट विद्युत उत्पादन


बेलिना थापा
लमजुङ, फागुन ५ गते । कास्कीसंग सिमा जोडिएको लमजुङको रुदीखोलामा १५ दशमलव ४ मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गरिएका छन् ।

पछिल्लो समय निर्माण भएको रुदी ‘बी’ जलविद्युत आयोजनाले आइतबारबाट व्यवसायीक उत्पादन थालेको छ । यसको क्षमता ६ दमशलव ६ मेगावाटको छ । गतबर्ष मात्रै ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत आयोजनाले विद्युत उत्पादन थालेको हो । दुवै आयोजना विन्ध्यावासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । दुवै आयोजनाबाट उत्पादित विद्युत कास्कीको मादी गाउँपालिका ९ मुग्रेबेंसीस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेनशनमा जडान गरिएको छ ।

रुदी ‘बी’ आयोजना लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङ्दी क्षेत्रमा निर्माण गरिएको छ । रुदी ‘ए’ भने लमजुङ सिमाना कास्कीको मादी गाउँपालिका ८ र ९ क्षेत्रमा निर्माण गरिएको छ । रुदी ‘बी’ ले नेपाल विद्युत प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत दिएर व्यवसायीक उत्पादन थालेको आयोजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । आयोजनाको इन्टेक, पेनस्टक, उपकरण साथै मेशिनरी सामाग्रीको सफल परीक्षणपछि विद्युत उत्पादन थालिएको उहाँले बताउनुभयो । रुदी ‘बी’ आयोजनाबाट बार्षिक ३३ दशमलव २६ गिगावाट आवर विद्युत उत्पादन हुने छ ।
उत्पादित विद्युत केन्द्रिय प्रशारणमा जोड्न प्रवद्र्धन विन्ध्यावासिनी हाइड्रोपावर कम्पनी आफैंले ३३ केभीको सिंगल सर्किट विद्युत प्रसारण लाइन निर्माण गरेको छ । प्रवद्र्धकले ९ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरेको आयोजना प्रमुख भट्टराईले बताउनुभयो ।

रुदी ‘बी’ मा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेको छ । आयोजनामा १ अर्ब १५ करोड रुपियाँ लागत अनुमान गरिए पनि यसको हिसावकिताव सार्वजनिक भएको छैन । आयोजनामा कूल लगानी मध्ये बैंकको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको इक्वीटी (स्वपुंजी) रहेको छ ।
२०७४ जेठबाट औपचारिक रुपमा निर्माण थालेको रुदी ‘बी’ आयोजनाको निर्माण २० महिनामा सकिएको आयोजनाले दावी गरेको छ । आयोजनाले २०७१ साउन २० गते नेपाल विद्युत प्राधिकरणसंग चलनचल्तीको दर (हिउ“दामा ८ रुपैया“ ४० पैसा र बर्खायाममा ४ रुपैया“ ८० पैसा) विद्युत खरिद–विक्री सम्झौता (पीपीए) गरेको थियो । आयोजनाको बाँध सिङदी गाउ“ नजिकै टोंगो खोला दोभानमा बनाइएको छ । बाँधबाट सा“ढे ३ किलोमीटर लामो पेनस्टक पाइपमार्फत सिङदीबेसीमा निर्माण गरिएको विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गरिएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?