logo
२०८१ बैशाख १५ शनिवार



हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा

अर्थ |


हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा



काठमाडौँ, मङ्सिर ९ गते । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नबिल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको हो ।
महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पूरा भएको जनाएको छ ।
मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायिक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिनुभयो ।
गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताउनुभयो । साथै उहाँले नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने , अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने, स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको यहाँहरु सबैमा जानकारी गराउनुभयो ।
मेलामा आठ प्याभिलियनसहित दुई कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुति, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामानहरु प्रदर्शनमा राखिनेछन् ।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्य, महासङ्घका उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य, महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यलगायतले मेलाको बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो । मेलाको उद्घाटन अर्थमन्त्री डा. युवाराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?