logo
२०८१ बैशाख १४ शुक्रवार



सुनको मूल्यमा सामान्य गिरावट

अर्थ |


सुनको मूल्यमा सामान्य गिरावट


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ । बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ७२ हजार कायम भएको सुन शुक्रबार तोलामै दुई सयले गिरावट आएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्यमा समेत गिरावट भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भैरहेको छ । शुक्रबार चाँदी प्रतितोला आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार चाँदीमा प्रतितोला ५ रुपैया घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?