logo
२०८१ बैशाख १४ शुक्रवार



सुनचाँदीको मूल्य स्थिर

अर्थ |


सुनचाँदीको मूल्य स्थिर


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । आईतबारबाट सुनचाँदीको मुल्य स्थिर देखिएको छ । आईतबार सुनको मुल्य प्रतितोला ७० हजार चार सय रुपैयामा कारोबार भएकोमा सोमबार कुनै थपघट भएको छैन । सोमबार समेत सुनको मुल्य प्रतितोला ७० हजार चार सय रुपैयामै कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मुल्य सोमबार पनि सोही मुल्यमा कारोबार भएको थियाे । त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार एक सय रुपियाँमा कारोबार सुरु भएको महासंघले जनाएको छ । त्यसमा समेत कुनै मुल्य हेरफेर भएको छैन । सुनमा समेत स्थिर रहेको बजार भाउ सोमबार चाँदीमा समेत स्थिर देखिएको छ । आईतबार प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदीको मुल्य सोमबार समेत प्रतितोला ८५० रुपियाँमा नै कारोबार भैरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?