logo
२०८१ बैशाख १५ शनिवार

  पेशा र समाज सेवाकाे सन्तुलन  



राजनीति र कृषि उद्यमबाट उदाहरण बन्दै बुढाथोकी

अर्थ |


राजनीति र कृषि उद्यमबाट उदाहरण बन्दै बुढाथोकी


मनोज भट्टराई
ओखलढुगा, कात्तिक ३ गते । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी कृषि पेशामा लागेर उदाहरणीय बन्नुभएको छ । उहाँ जिल्लामा रहेका ७५ जना मध्य कृषि व्यवसायि बनेर उदाहरणिय जनप्रतिनिधि बन्नु भएको छ ।
राजनितिमा चासो राख्ने भए कै कारण सानै उमेरमा पार्टीले जिम्वेवारी दिएका कारण उहाँ राजनितीमा पुर्णकालिन भएको बताउनुहुन्छ । बिदेशमा गएर बगाउने पसिना यही बगाए पैसा माउन सकिने उहाँको चनाई छ । समृद्ध बन्न कुराले मात्रै नहुने काम गर्नुपर्ने उहाँको भनाई छ । आ कृषि उद्धमी बनेपछि गाउँमा युवाहरु विदेश पलायन हुन रोकिएकाके र दुइ दर्जनबढी युवाहरुले कृषि व्यवसाय अँगालेको उहाँले बताउनु भयो । गाउँकै सहकारी बाट ५ लाख भन्दा बढी र सहित १० लाख लगानी गरी पेसा अँगाल्नु भएका वडा अध्यक्षले बाख्रालाइ घाँसको लागि आफ्नो ५ रोपनी जग्गा र भाडामा ३० रोपनी लिएर घाँस खेती गर्नु भएको छ । ३५ रोपनी जग्गामा मेन्दोलो, किब्बु, नेपोलियन, भटमास लगायतका घाँस लागाएको उहाँले बताउनु भयो ।
चम्पादेवि गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जनकुमार बुढाथोकी आफुले उदाहरण दिएर युवाहरुलाइ कृषिमा लाग्न प्रोत्साहन दिन र व्यवसायिक बन्न राजनिति संगै यो पेशा अंगालेको बताउनु हुन्छ । विद्यार्थी राजनितिलाई आधार वनाएर जनप्रतिनिधि बन्नु भएका बुढाथोकी राजनिती गर्नेलाई आम नगरीक सरह दुखगर्न सल्लाह दिनु हुन्छ । जनताको लागि काम गर्छु भन्नेहरुले आफले पनि जनता सरह काम गरेर कामाइ गर्नु पर्ने उहाँको भनाई छ । कुराले र भाषणले मात्रै समृद्धि मुलक नहुने उहाँको बुझाई छ । ग्रामिण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपालटारबाट ग्रमिण बिकास विषयमा मास्टर डिग्री सम्मको अध्ययन गर्नु भएका बुढाथोकी पेशाले पर्यटन गाईड समेत हुनु हो । उहाँले काठमाण्डौमा रहँदा चाईनिज भाषबाट पर्यटकहरुलाई गाईड समेत गरको बताउनु भयो ।
उहाँले स्थानिय तहको निवाचनमा जिनर्वाचित भए संगै मातामारुति मौरीपालन केन्द्रको नाममा मौरी पालन सुरु गर्नु भएको थियो । सुरुमा ३० घार मौरीबाट सुरु गरीएको मौरी पालन पछिल्लो समय फष्टाउँदै गएको र आफुलाई आँट आएका कारण मौरी संगै बाख पालन सरु गरेको बताउनु हुन्छ। दुईवटा बोयर जातका बोको र बाख्रो सहित कृषि फर्ममा असहिले ५० बढी बाख्रा रहेका छन् । बुढाथोकी ओखलढुंगाको पश्चिमी क्षेत्रका युवा पुस्तालाई प्रेरणाको स्रोत बन्नु भएको छ । राज्यले दिने कृषि अनुदानका विषयमा बुढाथोकी हामी जतिका मान्छेले त लिन सक्दा हरेनछौं सर्वसाधरणको त कुरै नगरौं भन्नुहुन्छ । कतिपटक पहल गरीयो तर कृषि अनुदान लिन सकिएको छैन आफुले लिन नसके नि अरु साथिलाई दिलाउनकालागि पहल गरीयो तर नसकेको उहाँको भेगाई छ ।

बुढाथोकी जिल्ला कै उदाहरणिय वडा अध्यक्षका रुपमा चिनीनु भएको छ । उहाँले आफनो पारीश्रमिक बापत आउने बैठक भत्ता समेत आफुले नबुझि सामजिक काममा प्रयोग गर्नु भएको छ । उहाँले आफ्नो जन्म दिनमा एकल महिला तथा बृद्धहरुलाई सहयोग गर्नु भएको छ भने बिद्यालयहरुमा बिद्याथीका लागि शैक्षिक सामगी समेत हस्तान्तरण गर्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?