logo
२०८१ बैशाख १५ शनिवार



उद्योग ब्यवसायीलाई पनि पेन्सनको माग

अर्थ |


उद्योग ब्यवसायीलाई पनि पेन्सनको माग


गोरखापत्र अनलाइन
ललितपुर, भदौ २३ गते । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ब्यापारी तथा उद्योग ब्यवसायीलाई पनि पेन्सन लगायत सरकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

सोमबार ललितपुर चेम्बर अफ कमर्स स्थापना भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो माग राख्नुभएको हो ।

उहाँले ५०/६० वर्ष सेवामूलक ब्यवसायमा लागेकाहरूको जीवनयापन कठिन भएको बताउँदै सरकारले यस्तो पेशामा लागेकाहरुलाई पनि पेन्सनलगायतका सेवा दिनपर्छु, भन्नुभयो ।

अध्यक्ष शाक्यले तीनतहको सरकार रहेको नेपालमा कर अत्याधिक रहेको बताउँदै सरकारले समयमै ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले देशमा रोजगारको अवसर सिर्जना गर्ने निजी क्षेत्रका उद्योग र ब्यापार ब्यवसाय गर्ने नागरिकलाई दोश्रो दर्जाको नागरिक मान्न नहुने बताउनुभयो ।

नवगठित चेम्बरले ललितपुरमा रहेका सबैसँग साझेदारी र समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष शाक्यले बताउँदै उद्योगी, व्यापारीलाई समाहित गरी व्यवसायिक हक अधिकार सुनिश्चित गर्ने सँधै तत्पर रहुने आश्वासन दिनुभयो ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ललितपुर चेम्बरमा मनोनित चार सहित २१ सदस्यीय रहने प्रावधान रहे पनि अहिले १३ सदस्य र २ मनोनित गर्दै १५ जनाको कार्यसमिति रहेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?