logo
२०८१ जेष्ठ २ बुधवार



हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

क्रिकेट |
खेलकुद |


हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी


काठमाडौँ, फाल्गुन ८ गते । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल र विद्याभूषण गेटा विजयी भएका छन् । पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्यो ।

अर्को खेलमा विद्याभूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । प्रतियोगितामा सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार रुपियाँ र उपविजेताले ७५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?