logo
२०८१ जेष्ठ ३ बिहीवार



इन्डोर कर्पोरेट क्रिकेट फागुनमा

क्रिकेट |
खेलकुद |


इन्डोर कर्पोरेट क्रिकेट फागुनमा


काठमाडौँ, माघ २६ गते । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा फागुन १८ देखि २१ गतेसम्म इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । हात्तीवन स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका निर्देशक समिरराज पाण्डेले जानकारी दिनुभयो ।

१० ओभरको खेलमा हरेक टोलीले १० खेलाडी राख्न पाउनेछन् । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागि टोलीका लागि ४० हजार प्रवेश शुल्क तय गरिएको पनि आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?