logo
२०८१ बैशाख १५ शनिवार



पीएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा

क्रिकेट |
खेलकुद |


पीएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा


काठमाडौँ, माघ ४ गते । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिएपछि नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले हरायो ।

जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको बागमती निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय पाँच रनमा समेटियो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २३ रन र रामनरेश गिरीले २२ रन जोड्नुभएको थियो । बागमतिलाई सस्तैमा समेट्न पुलिसका ऐरीले चार ओभरमा १० विकेट खर्चिएर पाँच विकेट लिनुभयो । सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिनुभएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो । पुलिसका लागि पवन सर्राफले ५९ रनको अर्धसतकिय इनिङ्स खेल्नुभयो । दिलिप नाथले अविजित ३१ र अनिल साहले २५ रन बनाउनुभयो ।

बलिङमा बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई दुई विकेट लिनुभयो । प्रतिस जिसीले एक विकेट झार्नुभएको थियो । आजै अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल बुधबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?