logo
२०८१ बैशाख १४ शुक्रवार



सुदूरपश्चिमको पहिलो जित

क्रिकेट |
खेलकुद |


सुदूरपश्चिमको पहिलो जित


काठमाडौँ, पुस २९ गते । सुदूरपश्चिम प्रदेशलेले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालकेो छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले हरायो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको एक सय ५४ रनको विजय लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रनमा समेटिएको थियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले सर्वाधिक ३५ रन बनाउनुभयो । अर्जुन घर्तीले ३० र अनुप कुँवरले १३ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका शेर मल्लले चार, हेमन्त धामीले दुई तथा विकास अग्री, आदित्य महत र गजेन्द्र बोहराले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । सुदूरपश्चिमकालागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउनुभयो ।

बसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडक बोहराले २२ रन जोड्नुभएको थियो । बलिङमा कर्णालीका प्रकाश जैसीले तीन, रविन्द्र शाही र दिवान पुनले दुई तथा दिनेश अधिकारीले एक विकेट झार्नुभयो ।

जितसँगै समूह ‘ए’ मा दुई अंक बनाएको सुदूरपश्चिम तेस्रो स्थानमा छ । तीन खेलमा दुई अंक जोडेको कर्णाली पनि चौथो स्थानमा छ । चार अंकसहित नेपाल पुलिस क्लब शीर्षस्थानमा छ । तीन अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो र एक अंक बनाएको प्रदेश १ पाँचौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?