logo
२०८१ जेष्ठ ४ शुक्रवार



एपीएफलाई पीएम कप महिला क्रिकेट उपाधि

क्रिकेट |
खेलकुद |


एपीएफलाई पीएम कप महिला क्रिकेट उपाधि


धनगढी, पुस ११ गते । विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला मैदानमा आइतबार भएको फाइनल खेलमा एपीएफले प्रदेश नम्बर १ लाई सात विकेटले हरायो ।

६८ रनको विजय लक्ष्य पछ्याएको एपीएफले १४.२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपीएफको जितमा ज्योती पाण्डेले अविजित ३६ र ममता चौधरीले १९ रन बनाउनुभयो । बलिङमा रुविना क्षेत्रीले तीन विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ रन बनाउनुभयो । अप्सरी बेगमले ११ रन जोड्नुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।

बलिङमा एपीएफकी सिता रानामगरले तीन विकेट लिनुभयो । रेखा रावलले दुई र करुणा भण्डारीले एक विकेट झार्नुभयो । एपीएफकी सिता रानामगर प्लेयर अफ दी म्याच हुनुभयो । प्लेयर अफ दी सिरिजको उपाधि प्रदेश १ की रुविना क्षेत्रीले जित्नुभयो । उपाधिसँगै एपीएफले पाँच लाख रुपियाँ पुरस्कार पायो । उपविजेताको प्रदेश १ ले तीन लाख रुपियाँमा चित्त बुझायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?