logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात, मोहमदले लिए सात विकेट

क्रिकेट |
खेलकुद |


प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात, मोहमदले लिए सात विकेट


काठमाडौँ, मङ्सिर ७ गते । प्रदेश नम्बर १ र लुम्बिीनी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा सोमबार भएकको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले हरायो ।

मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले हरायो । लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिएपछि गण्डकी निराश बनेको हो ।

प्रदेश १ ले दिएको एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४५.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।

यसैगरी मुलपानी मैदानमा टस जितेर ब्याटिङ थालेको गण्डकीले १४.२ ओभरमा सबै विकेटको क्षतिमा २३ रन बनाएको थियो । २४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ५.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान देव खनाल एक्लैले १८ र विराट भण्डारीले अविजित आठ रन बनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?