logo
२०८१ जेष्ठ ५ शनिवार



अजिजुल्लाह फाज्ली अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष नियुक्त

क्रिकेट |
खेलकुद |


अजिजुल्लाह फाज्ली अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष नियुक्त
तस्विर–एसीबी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । अजिजुल्लाह फाज्ली अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष नियुक्त हुनुभएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटमा पहिलो बिकासक्रम अन्तगर्त अध्यक्ष फेरिएको छ ।
फाजलीले यसअघि नै एक कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभब बोक्नुभएको छ । उहाँ यसअघि सन् २०१८ को सेप्टेम्बरमा अध्यक्ष नियुक्त हुनुभएको थियो । जुलाई २०१९ सम्म कार्यभार सम्हाल्नुभएको उहाँलाई फरहान युसूफजैले बिस्थापित गर्नुभएको थियो । विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानले राम्रो प्रदर्शन नगरेपछि अजिजुल्लाहलाई पदमुक्त गरिएको थियो ।
तालिबानले आइतबार अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीहरुसँग छलफल गरेको थियो । अजिजुल्लाह करिब दुई दशकसम्म अफगानिस्तान क्रिकेटको सामीप्यमा बस्नुभएको छ । उहाँले खेलाडीको रुपमा अफगानिस्तानमा क्रिकेटको सुरुवात गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?