logo
२०८१ जेष्ठ ५ शनिवार



चेन्नईको लगातार पाँचौं जित, मुम्बईले राजस्थानको सामना गर्दै

क्रिकेट |
खेलकुद |


चेन्नईको लगातार पाँचौं जित, मुम्बईले राजस्थानको सामना गर्दै
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १६ गते ।
इन्डियन प्रिमियर लिग(आईपीएल)को पहिलो खेलमै हार बेहोरेको चेन्नई सुपर किंग्सले लगातार पाँचौं खेल जितेको छ । उसले हैदराबादलाई सात विकेटले हराएको छ ।
देल्हीमा गए राति सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १७२ रनको लक्ष्य चेन्नईले खेल सकिन नौ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई जित दिलाउन ओपनर ऋतुराज गाइकवडले फ्याफ डु प्लेसिससँग पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्नुभयो । गाइकवडले सर्बाधिक ७५ रनको योगदान दिनुभयो । डु प्लेसिसले ३८ बलमा ५६ रनको योगदान दिनुभयो । मोइन अलिले १५ तथा रबिन्दर जडेजाले सात र सुरेश रैनाले १७ रन बनाउनुभयो ।
हैदराबादका लागि राशिद खानले तीन विकेट लिनुभयो ।
त्यसअघि, देल्हीमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको हैदराबादले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा १७१ रनको योगफल तयार गर्यो । उसको पारीमा कप्तान देविड वार्नरले ५७ तथा जोनी बैरिष्टले सात रन बनाए । मनिष पाण्डेले ६१ रनको उत्कृष्ट पारी खेल्दा केन विलियम्सनले २६ तथा केदार जाधबले १२ रन बनाएर अविजित रहनुभयो ।
चेन्नईका लागि लुगिं एनगिडीले दुई तथा साम कर्रनले एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गतकाे २४ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयलको सामना गर्दैछ । उक्त खेल देल्हीमा साँझ खेलाइनेछ । आजै हुने दोस्रो खेलमा देल्हीले कलकत्ताको सामना अहमदाबादमा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?