सञ्चयकर्ताका लागि विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ
गोरखापत्र अनलाइन
फाल्गुन १२, २०७७ बुधबार
हालेखा नियन्त्रकको कार्यालय र कर्मचारी सञ्चय कोषले सरकारी कर्मचारीको सञ्चय कोष, निबृत्तभरण कोष र सापटी भुक्तानी रकम तत्काल व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ गरेका छन् ।
महालेखा नियन्त्रकको कार्यालय अनामनगरमा बुधबार आयोजित कार्यक्रममा सो कार्यालय र सञ्चयकोषका पदाधिकारीले संयुक्तरुपमा सो प्रणालीको शुभारम्भ गरेका हुन् । अर्थ मन्त्रालयका राजस्व तर्फका सचिव तथा सञ्चय कोष...