logo
२०७८ कार्तिक ३ बुधवार



प्रलेस प्रतिभा पुरस्कार पोखरेललाई   

कला |


प्रलेस प्रतिभा पुरस्कार पोखरेललाई   



काठमाडौँ, असोज ५ गते । प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृका पोखरेललाई प्रदान गरेको छ । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा संस्थाका पूर्वाध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गर्नुभयो ।    
    
सो अवसरमा प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह विमोचन गरिनाका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’को चर्चा गरियो ।    
    
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेललगायतले प्रलेसमा प्रादेशिक र महिला साहित्यकारका योगदान लेखिने जनाउँदै प्रगतिशील साहित्यको आन्दोलनलाई टुट्नफुट्न दिन नहुनेमा जोड दिनुभयो । विसं २००९ मा श्यामप्रसादलगायत स्रष्टाले स्थापना गरेको प्रलेसमा विभिन्न वामपन्थी आन्दोलनसँग सम्बद्ध प्रगतिशील साहित्यकार सम्मिलित हुनुहुन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?