logo
२०८१ बैशाख १५ शनिवार



पुरुषोत्तम ढकालको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ म्यूजिक भिडियो सार्वजनिक

कला |


पुरुषोत्तम ढकालको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ म्यूजिक भिडियो सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ३१ गते । सर्जक पुरुषोत्तम ढकालको शब्द रचना रहेको ‘मन मनमा नेपालीको नेपाल जगाइदेउ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शनिबार साे भिडियो सार्वजनिक गर्नुभएको हो ।

सुरजकुमार थापा र बनिका प्रधानको युगलस्वर रहेको गीतमा सुरजकै सङ्गीत रहेको छ । नितिन चन्दको निर्देशनमा निर्माण भएको भिडियोमा धिरेन शाक्य र रीना थापा मगरको अभिनय रहेको छ । भिडियोको सम्पादन सदिश जोशी र क्यामरा दिपक जोशीको रहेको छ ।

कार्यक्रममा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, सङ्गीतकार सुरेश अधिकारी, खगेन्द्र जिसी, नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडालगायतले राष्ट्रिय भावनासहितको गीतले स्रोता, दर्शकको मन जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?