logo
२०८१ बैशाख २७ बिहीवार



खेलाडी सङ्क्रमित भएपछि पीएसएलको खेल स्थगित

खेलकुद |


खेलाडी सङ्क्रमित भएपछि पीएसएलको खेल स्थगित
तस्विर–गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । खेलाडीमा कोभिड १९ को सङ्क्रमणको पुष्टि भएपछि पाकिस्तान सुपर लिग(पीएसएल)को सोमबारको खेल स्थगित भएको छ । इस्लामाबादको क्वेटा ग्लाडिएटर्स र इस्लामाबाद यूनाइटेडबीचको खेल स्थगित हुन पुगेको हो । कराँचीमा सोमबार अपरान्ह दुई बजेका लागि निर्धारित खेल मङ्गलबार दुई बजे हुने तय गरिएको छ ।
इस्लामाबाद यूनाइटेडका ३९ वर्षीय अष्ट्रेलियाली लेग स्पिनर फवाद अहमदमा सङ्क्रमणको पुष्टि भएको हो । शनिबारदेखि उहाँ आइसोलेशनमा बस्नुभएको छ । इस्लामाबाद यूनाइटेडले टोलीका अन्य सदस्यहरुको कोरोना रिपोर्ट निगेटिभ आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?