logo
२०८१ बैशाख १४ शुक्रवार



प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ्ग’ नियात्रा संग्रह लोकार्पण

कला |


प्रदीप सापकोटाको ‘यात्राका इन्द्रेणी रङ्ग’ नियात्रा संग्रह लोकार्पण


केदार तिमल्सिना
बनेपा, माघ २ गते । साहित्यकार प्रदीप सापकोटाको नियात्रा सङ्ग्रह यात्राका इन्द्रेणी रङ्गको एक कार्यक्रमकाबीच शुक्रबार लोकार्पण भएको छ । पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने, बरिष्ठ साहित्यकारद्धय मोहन दुवाल र श्रीओम श्रेष्ठले संयुक्त रुपमा नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
नियात्रा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिको क्षेत्रमा समेत काम सुरु गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नगरले यी क्षेत्रहरुमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाको रुपमा परिचित बनेको बनाउनुभयो । उहाँले काभ्रेसाहित्यकार, कवि, गायक जन्माउने जिल्ला रहेको बताउनुभयो । कार्यक्रममा बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सापकोटाले पहिलो कृतिको रुपमा नियात्रा सङ्ग्रह ल्याएपनि त्यसमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरु रहेको बताउनुभयो ।
। कार्यक्रममा लेखक तथा पत्रकार दीपक सापकोटाले नियात्रा सङ्ग्रहको बारेमा टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोँजु, चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार, साहित्यकार तथा लेखक दिनमान गुर्मछान, पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले सापकोटाको कृतिका बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?