logo
२०८१ बैशाख १५ शनिवार



शुरु भयाे अनलाइन चित्रकला प्रतियोगिता   

कला |


शुरु भयाे अनलाइन चित्रकला प्रतियोगिता   



काठमाडौँ, साउन २० गते । समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल विद्यार्थीहरु भाग लिन पाउने गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो ।    
    
प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरेर पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई रु १० हजार नगद पुरस्कारको प्रदान गरिने जनाइएको छ । दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बालचित्रकारहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समृद्धि विद्यालयका प्राचार्य नरेशप्रसाद श्रेष्ठले बताउनुभयो ।    
    
प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई जनजीवन समान्य भएपछि पाटन सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने कार्यक्रम संयोजक अजय देशारले जानकारी दिनुभयो । इमेलमार्फत चित्र पठाउनुपर्ने र उक्त चित्र मौलिक हुनुपर्ने, पठाइएको चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिइएका चित्रहरु भए स्वतः प्रतियोगी बाहिरिने आयोजकले जनाएको छ । देशभरका प्रतियोगीले आफ्ना चित्र आगामी साउन २५ गतेभित्र पठाउने सक्ने कार्यक्रम निर्देशक इन्युजपाना डटकमका सम्पादक बालमुकुन्द आचार्यले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?