logo
२०८१ बैशाख १४ शुक्रवार



रुरु लम्सालको एकल चित्रकला प्रदर्शनी

कला |


रुरु लम्सालको एकल चित्रकला प्रदर्शनी


गोरखापत्र समाचारदाता
काठमाडौं फागुन १० गते । विगत एक दशकदेखि बेलायतमा बसोवास गर्दै आएकी कलाकार रुरु लम्साल (खनाल)को तेश्रो एकल कला प्रदर्शनी शुरू भएको छ । लाजिम्पाट स्थित अरुपण आर्ट ग्यालरीमा कलाकारका विविध विषयका २६ थान चित्रहरु प्रदर्शित छन् ।
कलाकार तथा प्राज्ञ रमेश खनालकी सुपुत्री रुरुका चित्रहरु सादृष्य छन् । पिताले अमूर्त भावमा कला सृजना गरे पनि रुरुका चित्रमा दृष्यचित्रणका साथै बेलायतका समुन्द्री किनार, जनावर र केही चित्र नेपाली विषयका पनि देख्न सकिन्छ । उहाँका चित्र विशेषतः तेलरङ माध्यममा छन् भने प्रभाववादमा आधारित रहेका छन् ।
‘कलाकार जहाँ बसेको छ र जे देखे भोगेको छ, जुन कुराले उसलाई प्रभाव पार्छ त्यहि कुरालाई चित्रण गर्छ । रुरुका चित्रमा पनि स्वच्छन्दताका साथै विषयमा नेपालको र बेलायतका विषयले प्रधानता पाएका रहेछन् ।’ कलाकार नरबहादुर बिकेले चित्र अवलोकन पछि बताउनु भयो ।
साना तथा मध्यम आकारका चित्रहरु ५ हजार देखि १० हजार मुल्यका छन् । प्रदर्शनी २१ ग्ते सम्म संचालनमा रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?