logo
२०८१ बैशाख १५ शनिवार



रसुवाको उत्तरगयाका दृष्य समेटिएका चित्र प्रदर्शित

कला |


रसुवाको उत्तरगयाका दृष्य समेटिएका चित्र प्रदर्शित


गोरखापत्र अनलाइन
काठमडौं, पुस १९ गते । नेपाल भ्रमण वर्ष २०२०को शुरुवात संगै रसुवा जिल्लाको सुन्दरता राजधानीमा देखिएको छ ।
रसुवाको उत्तरगयाँ गाँउपालिका र यसका सेरेफेरोमा रहेर स्थलगत रुपमा कार्यशाला गरि सृजना गरिएका १६ जना कलाकारका कलाकृति यतिबेला मिथिला आर्ट ग्यालरी ठमेलमा प्रदर्शीत छन् ।
अभियानले गत कात्तिक तेश्रो साता रसुवामा कार्यशाला आयोजना गरेको थियो । राजधानीबाट गएका र रसुवा जिल्लामै बसेर कला सृजनामा लागेका कलाकारहरुले कार्यशालामा भाग लिनुभएको थियो । राजधानीबाट नजिकै रहेर पनि प्राकृतिक रुपमा र विशिष्ठ भौगोलिक अवस्थामा रहेको रसुवाको प्रचार प्रसारमा हुन सकेको छैन । यो कला प्रदर्शनीले जिल्लालाई चिन्न महत्वपूर्ण भुमिका खेल्ने रसुवाका कलाकार शशीकुमार डंगोलले बताउनुभयो ।
स्थलगत कला कार्यशाला अभियान विगत १६ महिनादेखि नियमित रुपमा चलिरहेको छ ।
शुक्रबारबाट शुरु भएको प्रदर्शनीको उद्घाटन रसुवाका सांसद मोहन आचार्यले गर्नुभएको थियो । चार दिन सम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?