logo
२०८१ बैशाख २६ बुधवार



बिके नरबहादुरका चित्रकला प्रर्दशनीमा

कला |


बिके नरबहादुरका चित्रकला प्रर्दशनीमा


गोरखापत्र समाचारदाता
काठमाडौं पुस १४ गते । लहरै राखिएका छन् पानी रङ र एक्रेलिक रङमा रंगिएका चित्रहरू लाग्छ पूरै नेपालको प्राकृतिको झलक त्यहाँ अटाएको छ । यतिबेला हिमालका चित्र मन पराउनेहरूका लागि नेपाल कला परिषद् बबरमहल राम्रो गन्तव्य बन्न सक्छ । युवा कलाकार बिके नरबहादुरका १०५ थान चित्र यहाँ प्रदर्शित छन् ।
आफूले युट्युब च्यानलमा नव कलाकार र कला सिक्न चाहनेका लागि बनाएका चित्र प्रदर्शनीमा राखेको कलाकार बिके बताउनु हुन्छ । आफूले ग्यालरी संचालन गरेको २० वर्ष भयो । यस दौरानमा धेरै जनाले चित्र सिकाइदिनु प¥यो भनि आउनु हुन्थ्यो । सबैलाई सिकाउन सम्भव नभएकाले युट्युबको अवधारणा पलायो । अन्य विषय पढेका र कलामा रुचि भएकाहरुलाई पनि आफ्नो च्यानल उपयोगी हुन सक्ने उहाँको धारणा छ ।
विगत एक वर्ष देखि नियमित रुपमा युट्युब मार्फत नै कला सिकाउने प्रयत्नमा लागेको छु बिकेले सुनाउनु भयो । उहाँले बनाउनु भएका २३० भन्दा बढि चित्र मध्येबाट छानेर चित्रहरू प्रदर्शनीमा राख्नुभएको छ ।
प्रदर्शनीमा विशेष गरि हिमालका, नेपाली गाउँघर, फूल, बुद्धका मुखाकृति सहितका चित्र राखिएका छन् । १० मिनेट देखि ३० मिनेट सम्ममा बनाउन सकिने गरि सिकाइएका चित्रहरु प्रदर्शनीमा छन् । प्रदर्शनी पुस १९ गते सम्म संचालनमा रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?