logo
२०८१ बैशाख १५ शनिवार



घरमै बनाउन सकिन्छ बेहुलीलाई सुन्दर

कला |


घरमै बनाउन सकिन्छ बेहुलीलाई सुन्दर


यलु जोशी

काठमाडौँ । कुनै पनि युवतीलाई सबैभन्दा बढी झझल्को आफ्नो विवाहको नै आउँछ । जीवनभरिकै महìवपूर्ण सम्झना बनेर रहने विवाहमा लगाइएको पहिरन सोह्रशृङ्गार र गरगहनालाई कहिल्यै भुल्न सक्दैनन् । मङ्सिर महिना विवाहको मौसममा बेहुलीको सुन्दरता र व्यक्तित्वमा चमक ल्याउन महìवपूर्ण भूमिका खेल्ने शृङ्गार उत्कृष्ट हुनु
अनिवार्य हुनुपर्छ ।
ब्युटिपार्लर जान सबै बेहुली समर्थ हुन सक्दैनन्, बरु घरमै बसेर पनि पार्लरको जस्तै शृङ्गार गर्न सकिन्छ । स्वयंवर हुनुअगावै इन्गेजमेन्टमा आफू राम्रो देखिन शृङ्गारको ठूलो भूमिका हुन्छ । शृङ्गार धेरै प्रकारको हुन्छ । दुलहीको अनुहार, उचाइ, शारीरिक बनावटका आधारमा शृङ्गार गरिन्छ । घरमै गर्नका लागि शृङ्गारका सामानहरू जुटाउनुपर्छ जुन बजारमा सजिलै उपलब्ध हुन्छ ।
शृङ्गारमा अनुहारका लागि चाहिने सामग्रीमा क्निजर, सनबल्क, मोस्चराइजर, कन्सिलर, फाउन्डेसन, पाउडर, ब्रलसर, प्यान स्टिक, स्पन्ज र पफ, आँखाका लागि आई लाइनर, गाजल, मस्कारा, आई स्याडो, ग्रिटर, फल्स ल्यासेस (परेला), आई ल्यास ब्रस, ओठका लागि लिप लाइनर, लिपस्टिर, लिप ब्रस, लिप ग्रल्स, टीका, नेल पोलिस, मेहेन्दी चाहिन्छ ।

कस्तो शृङ्गार गर्ने
दुलही वा शृङ्गार गर्ने व्यक्तिले कस्तो शृङ्गार गर्ने हो ध्यानमा राख्नुपर्छ । हल्का र प्राकृतिक शृङ्गार गर्दा राम्रो देखिन्छ तर ‘इङ्गेजमेन्ट’ र ‘स्वयंवर’ भने गाढा शृङ्गार गर्दा राम्रो हुन्छ । हामीले लुगाको रङसँग शृङ्गार मिलाउनु पर्छ ।
कोहीले परम्परागत रूपमा शृङ्गार गर्छन् भने कोहीले अहिलेको फेसनअनुसार गर्छन् । जानकारहरूका अनुसार शृङ्गार साधारण, कलर प्यालेट, पाउडर र स्प्रे गरेर हुन्छ, तर घरमा भने
साधारण गर्नुपर्छ ।
सर्वप्रथम दुलहीले शृङ्गार गर्दा क्निजरले अनुहारलाई सफा गर्नुपर्छ, त्यसपछि मोस्चराइजर र सन्ब्लकको प्रयोग गर्नुपर्छ । बेहुली रूने भएका कारण ‘वाटर प्रुफ’ शृङ्गार गर्दा राम्रो हुन्छ । योपछि क्रमिक रूपमा प्राइमर र कन्सिलर लगाउनुपर्छ ।
ब्रल्सर (रोज र रुज) को प्रयोग गर्नुपर्छ, ब्रल्सरको प्रयोग गर्दा लुगाको रङसँग मिल्ने गर्ने गरी गर्नुपर्छ । जस्तै रातो साडी छ भने रातो ब्रल्सर अथवा बैजनी (पिङ्क) साडी छ भने पिङ्क ब्रल्सर । यसले फेस (अनुहार) को कट पनि दिने भएकाले यो प्रयोग गर्नुपर्छ, दुलहीको अनुहार लामो छ भने स्ट्रेट लाइनमा गएर हल्का माथि तर फैलाउने, जसले लामो अनुहारलाई ब्यालेन्समा राख्छ । त्यस्तै गोलो वा चारपाटे अनुहार छ भने यू आकार दिँदा राम्रो हुन्छ ।
ब्रल्सरको प्रयोग सकिएपछि आँखाको शृङ्गार गर्नुपर्छ । आँखाले नै दुलहीलाई ‘अट्र्याक्टिभ लुक’ दिने भएकाले पहिरन र कलर सेड मिलाउनुपर्छ । अनुहारलाई कस्तो देखाउने यसमा आँखीभौँको महìवपूर्ण भूमिका हुन्छ । यसले अनुहारलाई सन्तुलनमा राख्ने काम गर्छ । आँखाको बनावट राम्रो देखाउन कलर सेडको ठूलो भूमिका हुन्छ भने ‘सिमर’ र टल्कने रङले झन् राम्रो देखाउँछ । आँखा ठूलो भएको वा आँखा बाहिर निस्केका लागि राम्रो देखाउन लाइट कलरको स्याडो वा लाइट ब्राउन प्रयोग गर्ने र पाटलो गरी लाइनर लगाउनुपर्छ । हल्का रङले आँखाको लिडलाई हल्का बाहिर ल्याउँछ भने गाढा रङले भित्र पठाउँछ ।
सानो आँखा भएमा गाढा रङको प्रयोग गर्ने र बाक्लो लाइनर लगाउनुपर्छ । साधारण आँखाको लागि जुनसुकै रङ पनि राम्रो देखिन्छ तर सकेट्ट लाइन बनाएर, ब्राउन, ब्लु रङको पनि प्रयोग गर्नसकिन्छ ।
त्यसैगरी, लामो आँखामा लामो लाइनर राख्नु हुँदैन, तर छोटो अाँखालाई लामो लाइनर राख्नुपर्छ । आँखाको परेला सानो छ भने कृत्रिम परेला पनि राख्न सकिन्छ ।
लिपस्टिक लगाउँदा लुगाको रङ र ओठको बनोट अनुसार प्रयोग गर्नुपर्छ । लिपब्रसको प्रयोगले लिपस्टिक लगाउँदा राम्रो देखिनुका साथै सजिलो पनि हुन्छ । ओठको माथिको भाग पातलो र तल मोटो छ भने लाइनरबाट साइज मिलाउनुपर्छ । सानो ओठ छ भने आउट लाइन बढाउने तर ठूलो छ भने आउट लाइन पातलो गरी लगाउनुपर्छ लिपस्टिक र लाइनरको रङ उस्तै हुनुपर्छ ।
हामीले अनुहारको शृङ्गार गरिसकेपछि घाँटी, कान र हातलाई छोड्नु हँुदैन् । यसमा पनि फाउन्डेसनको प्रयोग गर्नुपर्छ । त्यसपछि मेकअप स्प्रेले छर्किनुपर्छ । जसले गर्दा लामो समयसम्म टिकिरहन्छ । नाकको बनोट राम्रो देखाउन हाइलाइट र स्याडो दिनुपर्ने हुन्छ । लामो र उठेको नाकलाई ‘नोज लाइन’मा डार्क स्याडो कलर दिने । दुलहीको कपाल कलात्मक जुरो बनाउने गरिन्छ । कोही कोहीले फेसनअनुसार पनि गर्ने गरिन्छ । फेन्सी, प्राकृतिक, सामान्य, खुल्ला, घुर्मिएको सीधा, बाँधेको लगायतका जुरो हुन्छ । यसका लागि विभिन्न खालका क्लिप प्रयोग गर्न सकिन्छ ।
हेभी÷ब्राइडल जुरो बनाउनका लागि पहिले रोलर सेट गर्ने त्यसपछि अगाडिको स्टाइल बनाउन कपाललाई उठाउने वा साइड÷सेन्टरमा छुट्याउन सकिन्छ । अगाडिको सेट भएपछि बाँकी पछाडिको कपालबाट घुमुक्र्याएर सुन्दर जुरो बनाउन सकिन्छ । यसका लागि काटा फाइन पिन, च्यापिटी काँटा, हेयर स्प्रे, ग्रिटरस् स्पे्र, ब्याक कोमको आवश्यक हुन्छ । अगाडिको कपाल हल्का, सीधा वा मुमाउरो अनुहार अनुसार छोड्न सकिन्छ ।
त्यस्तै साधारण जुरा ‘फ्रेन्च नट’ बनाउन सबै कपाललाई लगेर एउटा रोल बनाएर काँटाले च्याप्ने यो लामो आकारको हुन्छ । यसलाई सजाउन साइडमा फूलहरूको प्रयोग गर्न सकिन्छ । नेल पोलिसलाई आर्ट र डिजाइन पनि गर्न सकिन्छ । डिजाइन गर्न फ्याबरिक, फूल तथा अरू शृङ्गारबाट पनि राम्रो बनाउन सकिन्छ । मेहेन्दी हात र खुट्टामा लगाइन्छ वा ट्याटु र स्टिकर पनि लगाउन सकिन्छ ।


(सौन्दर्यविज्ञ मन्जु कार्की पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?