logo
२०८१ बैशाख १४ शुक्रवार



कवितासंग्रह ‘पृथ्वीको आविष्कार’ सार्वजनिक

कला |


कवितासंग्रह ‘पृथ्वीको आविष्कार’ सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १९ गते । कवि सुन्दर कुरूपले कवितासंग्रह ‘पृथ्वीको आविष्कार’ पाठकबीच ल्याउनुभएको छ । नेपाल प्रज्ञा– प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सोमबार पुस्तक सार्वजनिक गर्नुभएको हो । साहित्यकार काइँलाले सुन्दरका कवितामा राजनीतिक र सामाजिक उतारचढावहरूको मार्मिक प्रस्तुति रहेको बताउनुभयो ।

कवि हाङ्युग अज्ञातले नेपाली कविहरूले विज्ञानसम्मत विषयलाई साहित्यमा लेख्नुपर्ने बताउनुभयो । यस्तै, मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरू राजनीतिज्ञले पढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा कवि सुन्दरले ग्रामीण परिवेश नै आफ्नो कविताको स्रोत भएको बताउनुभयो । ‘पृथ्वीको आविष्कार’ सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?