logo
२०८१ बैशाख १४ शुक्रवार



अंग्रेजी भाषाका उपन्यास ‘ह्वेर माउन्टेन्स स्टुड टल’ पाठकबीच

कला |


अंग्रेजी भाषाका उपन्यास ‘ह्वेर माउन्टेन्स स्टुड टल’ पाठकबीच


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । नेपाली भाषामा प्रकाशित थुप्रै साहित्य अंग्रेजीलगायत भाषामा अनुवाद भए पनि अंग्रेजी भाषामा साहित्य लेख्ने नेपाली लेखक कमै छन् । त्यो रिक्तता पूरा गर्नसमेत लेखिका सौदामनी शर्माले अंग्रेजी भाषामा उपन्यास ‘ह्वेर माउन्टेन्स स्टुड टल’ पाठकबीच ल्याउनुभएको छ । सो पुस्तकको शुक्रबार राजधानीमा सार्वजनिक गरियो ।
शिक्षासेवी बाबुकाजी कसपालले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको समीक्षा गर्दै कसपालले भन्नुभयो, “कर्म गर्दै, सिक्दै, भोग्दै अगाडि बढ्ने हो । कर्मविना लक्ष्य प्राप्त गर्न पनि सकिन्न । उपन्यासले पनि संघर्षबाटै लक्ष्य प्राप्ति गर्ने सन्देश दिएको छ ।”
कार्यक्रममा लेखिका सौदामनी शर्माले सानैदेखि अंग्रेजी साहित्यको अध्ययनले लेखनमा उत्प्रेरित गरेको चर्चा गर्दै दश वर्षे शसस्त्र द्वन्द्व, त्यसबाट विस्थापित परिवारका सन्तानले भोगेको र लक्ष्य प्राप्तिका लागि गरेको संघर्षलाई उपन्यासमा उतारेको बताउनुभयो ।
बुक्स राइटिङ नेपाल प्रा।लि।द्वारा आयोजित कार्यक्रममा लेखिका शर्माले अंग्रेजी भाषामा नेपाली समाजको कथा, पात्र र प्रबृत्तिलाई निरन्तर लेखिरहने समेत बताउनुभयो । बुक्स राइटिङ नेपालले सो पुस्तक प्रकाशनमा ल्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?