logo
२०८१ बैशाख १५ शनिवार



आजदेखि तीनदिने साहित्य सम्मेलन

कला |





गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । चीन र दक्षिण एसिया दोस्रो साहित्य सम्मेलन नेपालमा हुनेभएको छ । पाँच दिने सम्मेलनको मङ्गलबार काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सम्मेलनमा चीन र दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् ।
भारतको भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक सङ्घ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बङ्गलादेशको बाङ्ला एकेडेमीबाट संस्थागत प्रतिनिधित्व जनाउने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
यसअघि ‘पहिलो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ चीनको सछ्वान प्रान्तको छन्तुमा सन् २०१७ मा भएको थियो । चीन र दक्षिण एसियाका देशहरूको यो सञ्जालले हरेक दुई वर्षमा एक देशले सम्मेलन आयोजना गर्ने सहमति गरेका थिए । त्यसैअनुरूप यस पटक प्रतिष्ठानले आयोजना गर्न लागेको
उपाध्यायले बताउनुभयो ।
दोस्रो सम्मेलनको मुख्य मुद्दा ‘हिमालय वारपार साहित्य तथा संस्कृति आदानप्रदान’ रहेको छ । यही विषयमा आधारित रही चीन, पाकिस्तान, बङ्गलादेश, भारत लगायतका देशबाट सम्मेलनमा १६ जना प्राज्ञले विभिन्न १६ वटा कार्यपत्र प्रस्तुत गरिने
आयोजकले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?