logo
२०८१ बैशाख १४ शुक्रवार



राजनीतिक परिर्वतनमा प्रगतिशील संगीत र साहित्यको अहम् भूमिका

कला |


राजनीतिक परिर्वतनमा  प्रगतिशील संगीत र साहित्यको अहम् भूमिका


 

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १४ गते । कला र साहित्यले अग्रगामी चेतनाको विकास गरी सामाजिक संघर्ष र रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको साहित्य तथा संस्कृतिविज्ञहरुले बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघको सहकार्यमा शनिबार राजधानीमा आयोजित ‘प्रगतिशील लेखन र सांस्कृतिक रुपान्तरण’ विषयक गोष्ठीमा सहभागीले भन्नुभयो, “मुलुकको राजनीतिक संघर्षहरुमा प्रगतिशील कला, संगीत र साहित्यको अहम् भूमिका भए पनि परिवर्तनपछि चाकरी र भागवण्डाले अवसरलाई छोपेका छन् ।”
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.पशुपतिनाथ निमल्सेनाले प्रगतिशील लेखनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवाद, प्रतिक्रियावाद एव शोषण उत्पीडानका बिरुद्ध आवाज उठाउँदै सामाजिक सांस्कृतिक रुपान्तरण कार्यमा मद्दत पुर्याएको बताउनुभएको छ ।
कार्यक्रममा गोपाल ठाकुरले एकलजातीय, एकलभाषीय अध्ययनका आधारमा कार्यपत्र प्रस्तुत गरिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मधेशमा भएका प्रगतिशील साहित्यिक आन्दोलन र लेखन खै कहाँ अटाएको छ ? के यो नयाँ किसिमको बहिष्करण हो कि ?”
कार्यपत्रमाथि प्रा.डा.बद्रीबिशाल पोखरेल, स्नेह सायमी, गोपीरमण उपाध्याय, शुशीला प्रधानाङ्ग, चेतनाथ धमला, विन्दा मैनाली, शालिक तिमल्सेनालगायतले टिप्पणी गर्नुभएको थियो ।
प्रलेस नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको सभापतित्वमा सम्पन्न गोष्ठीमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सदस्यसचिव जगद्प्रसाद उपाध्याय, नेपाल कम्युनष्टि पार्टी (नेकपा) को साहित्य, कला तथा संस्कृति विभाग प्रमुख मणी थापा, जनसांस्कृतिक महासङ्घ संयोजक खगेन्द्र राईलगायतले सांस्कृतिक रुपान्तरणमा प्रगतिशील लेखनबारे चर्चा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?