logo
२०८१ बैशाख १५ शनिवार



नकारात्मक समाचार लेख्नुपर्ने अवस्था आउन दिन्न: मन्त्री श्रेष्ठ

विदेश |
राष्ट्रिय |


नकारात्मक समाचार लेख्नुपर्ने अवस्था आउन दिन्न: मन्त्री श्रेष्ठ
पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै मन्त्री श्रेष्ठ । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, पुस ६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले राम्रोसँग कार्य गरी तनहुँ जिल्लाको इज्जत र प्रतिष्ठालाई माथि लैजाने बताउनुभएको छ । रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशद्वारा सोमबार मन्त्री श्रेष्ठको गृह जिल्ला दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । ‘‘मेरो बारेमा नकरात्मक काम गरेको भनी लेख्नुपर्ने अवस्था आउन दिन्न मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘राम्रो र नमुना काम भएको देख्न पाउनु हुनेछ’’ ।

वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याइने मन्त्री श्रेष्ठको भनाइ थियो । वैदेशिक रोजगारीका नाममा हुने ठगी र विचौलियाहरुको जालो तोड्ने पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खराब नियत भएकालाई पन्छाउने काम गरेको बताउनुभयो । ‘‘श्रम मन्त्रालयबाट विगतमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा वैदेशिक रोजगारमा जानेहरुलाई सहज ढंगबाट जाने वातावरण सिर्जना गर्न लागि परेको छु’’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

वैदेशिक रोजगारका नाममा ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाही गर्न थालेपछि उनीहरु डराएको मन्त्री श्रेष्ठको भनाइ थियो । स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न आफू आतुर रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । नेपालबाट विदेशका जुनसुकै देशमा गएपनि नेपाली श्रमिकहरुलाई ठगिन नदिने दावी मन्त्री श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउनुहुँदै उहाँले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताउनुभयो । रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हकहित संरक्षण र संवद्र्धनका लागि पहल गर्नेसमेत उहाँले बताउनुभयो । श्रम स्वीकृति लिने व्यवस्था सात वटै प्रदेशबाट गरिएको जानकारी उहाँले दिनुभयो ।

सामाजिक सुरक्षा कोष पनि सात वटै प्रदेशमा स्थापना गरिएको उहाँको भनाइ थियो । केही दिन अघि दुबई जाँदा भिजिट भिस्सामा गएका व्यक्तिहरु अलपत्र पर्ने गरेको स्मरण गर्दै उनले समकक्षी मन्त्रीलाई भेटेर त्यस्ता समस्या हल गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?