logo
२०८१ बैशाख १४ शुक्रवार



गुवाहाटीका पत्रकार देवान लाई अन्तराष्ट्रिय पदक

विदेश |
कला |
राष्ट्रिय |


गुवाहाटीका पत्रकार देवान लाई अन्तराष्ट्रिय पदक



काठमाडौं, मङ्सिर २५ गते । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता साताैँ अन्तरराष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित हुनुभएको छ । अमेरिका–नेपाल र राष्ट्रिय प्रेस क्लबको आयोजनामा आज उहाँलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सम्मानपत्रसहित पदक प्रदान गर्नुभयाे ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो पुरस्कारले नेपालमा रहेर सो क्षेत्रमा काम गर्ने पत्रकारमा समेत जोश जाँगर भर्ने बताउनुभयो । उहाँले अन्तराष्ट्रिय मानवअधिकार दिवस पारेर प्रदान गरेको सो पुरस्कारले पत्रकारिता क्षेत्रमा उर्जा प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘अमेरिका नेपाल प्रेस क्लब र राष्ट्रिय प्रेस क्लबले गरेको सो कार्य महत्वपूर्ण छ । दुई संस्थाले विभिन्न मुलुकका पत्रकारको अवस्थाबारे अध्धयन गरेपछि देवानलाई पदक र सम्मानपत्र प्रदान गरिएको हो ।’

यसअघि उहाँले जापान, अमेरिका जर्मन, फ्रान्स, उत्तरकोरियाका विशिष्ट व्यक्तिले अन्तराष्ट्रिय सम्मन पाइसक्नुभएको छ ।

सो विधाको पुरस्कार पाउने देवान भारतको पूर्वी असम मा जन्मिनुभएको थियो । पारम्भिक पढाइ गाउँमै गरेका देवानले सिक्किम मणिपाल युनिभर्सिटी बाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरी सिक्किम राष्ट्रिय विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयको मास्टर्स अघि बढाउन नपाए तापनि पत्रकारितामा कम्युनिष्ट डेभलपमेन्टका विषयमा समेत निरन्तर काम गर्दै आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?