logo
२०८१ बैशाख २० बिहीवार



हर्नामाडीमा ३० टनको ढुङ्गामा २५ फिट अग्लो बुद्ध मूर्ति बन्दै

विदेश |
पर्यटन |


हर्नामाडीमा ३० टनको ढुङ्गामा २५ फिट अग्लो बुद्ध मूर्ति बन्दै
गुम्बाडाँडास्थित मूर्ति बगैँचा परिसरमा निर्माण गरिएको ढुङ्गाको शाक्य मुनी बुद्धको मूर्तिसहित अन्य मूर्तिहरु । – राममणि दाहाल


राममणि दाहाल
हेटौँडा, साउन ४ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १८ को गुम्बाडाँडास्थित मूर्ति बगैँचामा २५ फिट अग्लो बुद्धको ढुङ्गाको मूर्ति निर्माण गरिएको छ ।
पर्यटकीय पार्क मूर्ति बगैँचामा समुदायको सहभागितामा ३० टन बराबरको ढुङ्गाको शाक्यमुनि गौतम बुद्धको मूर्ति निर्माण गरिएको हो ।

बुद्धमूर्ति निर्माण समन्वय समितिका संयोजक कमलचन्द्र सुमनले ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्यले ढुङ्गामा बुद्ध भगवानको मुखाकृति कुँदेको जानकारी दिँदै ढुङ्गाको नेपालकै दोश्रो ठूलो बुद्ध मूर्ति निर्माणमा दुई करोड रुपियाँ खर्च भइसकेको र थप २५ लाख लाग्ने बताउनुभयो ।

‘कलागाउँ’ को पहिचान बनाउँदै गरेको गुम्बाडाँडामा २०६९ सालमा हर्नामाडी कला प्रतिष्ठानद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा छ जना विदेशी र नेपालीसहित २३ मूर्तिकारले कुँदेका २३ वटा मूर्त र अमूर्त मूर्ति रहेका छन् । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले गत वर्ष भएको राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारहरुबाट कुँदेका ११ वटा मूर्त र अमूर्त मूर्ति ज्योति माध्यामिक विद्यालय परिसरमा रहेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?