logo
२०८१ बैशाख १४ शुक्रवार



वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय नियमित खुल्ने

विदेश |
फिचर |


वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय नियमित खुल्ने


गोरखापत्र अनलाइन
काठमाडौं, असार १६ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको कार्यालय कोरोनाको कारण बन्द रहेकोमा यही असार २० गतेदेखि नियमित सेवा प्रदान गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक विदाका दिन बाहेक अन्य दिन नियमित रुपमा सेवा दिने बताएको हो ।

बायोमेट्रिक नभएका र स्वयम उपस्थित हुनै पर्ने व्यक्रि मात्र कार्यालयमा उपस्थित भइ सेवा लिन समेत अनरोध गरेको छ । कोरोनाको संक्रमण जोखिम कायम रहेको भन्दै अनलाइनबाट लिने सकिने काम अनलाइन प्रणालीबाट लिन समेत आग्रह गरिएको छ । साथै व्यक्तिगत श्रमस्वीकृति तर्फ यस अघि बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृति लिन सक्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?