logo
२०८१ बैशाख १४ शुक्रवार



खाडी मुलुकबाट नेपालीले पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

विदेश |
फिचर |


खाडी मुलुकबाट नेपालीले पठाएको ५६० अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो


गोरखापत्र अनलाइन
काठमाडौं, जेष्ठ १ गते । ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ  उक्त सिलिन्डर नेपाल पठाएका हुन् ।

नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाइएको हो ।

केही दिनदेखि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अक्सिजन ग्यासलगायत स्वास्थ्य सामग्री विभिन्न मुलुकबाट ल्याउँदै आएको छ । यसैबीच ओमानबाट फर्किएको जहाज आज राति ११ बजे चीनको राजधानी बेइजिङ स्वास्थ्य सामगी लिन जाने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?