logo
२०७७ फाल्गुन १३ बिहीवार

कोभिड विरुद्धको खोप ल्याउन गृहकार्य तीव्र

स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा खोपको सचिवालय गठन

मुख्य समाचार |


2020-12-11-28076


चाँदनी हमाल

काठमाडौँ, मङ्सिर २६ गते । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप तयार भई त्यसको प्रयोग प्रारम्भ भएपछि नेपालमा पनि छिट्टै खोप आउने आशा पलाएको छ । विश्वका विभिन्न मुलुकमा खोपको प्रयोग सुरु भइसकेको छ भने नेपाल सरकारले यसको खरिदका लागि चासो र तयारी अगाडि बढाएपछि छिट्टै खोप आउने सम्भावना बढेर गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को पहलमा कोभ्याक्स अनुदानको खोप छिटो आउने बाटो कुरिरहेको नेपाल सरकारले अन्य बाटोबाट खोप भिœयाउने प्रक्रियासमेत अगाडि बढाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार विभिन्न मुलुकले बनाएका खोप खरिद गरेर ल्याउन प्रक्रिया अगाडि बढाइएको छ । साथै खोप ऐन र नियमावलीका आधारमा खोप कोष सञ्चालन गरेर खोप छिटो ल्याउन सरकारले पहल थालेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा खोपको सचिवालय गठन गरिएको छ । साथै आठवटा कार्यक्षेत्र अनुसार समिति गठन गरेर खोप ल्याउन र त्यसपछिका कामका लागि आवश्यक पूर्वतयारी गरिरहेको छ । विश्वका विभिन्न कम्पनीले उत्पादन गरेका खोपहरूले अहिले धमाधम व्यावसायिक उत्पादनका लागि स्वीकृति पाइरहेका छन् । उनीहरूले व्यावसायिक उत्पादन बजारमा ल्याउनुअघि चाल्नुपर्ने प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । “छिटो खोप भिœयाउने गरी उच्च स्तरमा काम भइरहेको छ । हिजोआज हाम्रो सबै दैनिकी खोपकै लागि खर्च भइरहेको छ”, डा. अधिकारीले भन्नुभयो ।
विश्वव्यापी खोपको दौडमा प्रथम भएको फाइजर कम्पनीको खोप बेलायतमा प्रयोगको थालनी भइसकेको छ । त्यसपछि दोस्रो छिटो बजारमा आउन लागेको मोडेर्नाको खोप, तेस्रोमा अक्सफोर्ड युनिभर्सिटीको खोप, चौथोमा रुसको स्पुतनिक भी खोप, पाँचाँैमा चीनको सिनोभ्याक्स रहेको छ । त्यसपछि युरोपका विभिन्न मुलुक र जापानले उत्पादन गरेर अन्तिम चरणमा पुगेका खोपहरू पनि व्यावसायिक उत्पादनको लाइनमा छन् ।
फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने भएकाले भण्डारणका हिसाबले नेपाल ल्याउन त्यति सहज छैन । “त्यो पनि खरिद गरेर पाउने भयौँ भने सीमित मात्रामा ल्याएर कुनै उच्चस्तरीय सेवा भएको अस्पतालमा राखेर स्वास्थ्यकर्मी र फ्रन्ट लाइनमा रहेकालाई दिने सोचमा छौँ”, डा. अधिकारीले भन्नुभयो ।
जुनसुकै खोप पहिले भित्रिए पनि स्वास्थ्यकर्मी पहिलो चेन ब्रेकर भएकाले पनि त्यो रोक्न उनीहरूलाई पहिलो खोप दिने योजना सरकारले बनाएको हो । त्यसपछि सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत जोखिममा रहेका उमेर समूह र रोग लागेका व्यक्तिहरू खोपको प्राथमिकतामा छन् । हालसम्म कोभिड सङ्क्रमणका कारण ज्यान गएकामा अन्य रोग लागेका बढी रहेकाले पनि त्यो प्राथमिकता निर्धारण गरिएको हो ।
सरकारको प्राथमिकता अनुसार गुणस्तर, सर्वसुलभ र प्राविधिक हिसाबले धान्न सक्ने खोप ल्याउने र खोप अभियान अगाडि बढाउने भन्ने विषयलाई नै प्राथमिकतामा राखिएको छ । सोही अनुकूल दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा राख्न सकिने खोपकै लागि सरकारी तहबाट जोड दिइएको छ ।
मोडेर्नाको खोप माइनस २० डिग्री तापक्रममा राख्नुपर्नेछ । अक्सफोर्ड युनिभर्सिटीको खोप भने नेपाल मात्र हैन विश्वकै लागि सबैभन्दा अनुकूल हुने विश्वास गरिएको डा. अधिकारी बताउनुहुन्छ । सो कम्पनीको खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । जति धेरै कम तापक्रममा खोप भण्डारण गर्नुपर्ने हुन्छ, त्यति धेरै त्यो असहज हुने उहाँको भनाइ छ ।
जनशक्ति, प्रविधि र होशियारी धेरै अपनाउनुपर्ने हुँदा अत्यधिक खर्च हुन्छ । त्यति मात्र होइन, तापक्रम थोरै यताउता भयो भने धेरै खोप लगाउन नपाउँदै खेर जाने अवस्था आउन सक्छ । रुसको स्पुतनिक भी खोप, चीनको सिनोभ्याक्स पनि त्यति धेरै सहज नेपालका लागि नहुन सक्छ । अबको करिब दुई महिनापछि नेपालमा खोप ल्याउने सम्भावना रहे पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्रिया पूरा गर्दा तीन महिना सम्मको समय खोप ल्याउन लाग्ने अनुमान डा. अधिकारी गर्नुहुन्छ ।

यसरी भइरहेको छ काम
खोप भिœयाउन मुख्य रूपमा खोप सचिवालयले आफ्नो काम अगाडि बढाएको छ । खोप ल्याएपछि गर्ने प्राथमिकताका आधारमा गठन भएको आठवटा समिति छन् । सबै समितिले धमाधम काम गरिरहेका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक कार्य समितिले खोपका लागि आवश्यक प्राविधिक विषय मिलाउन काम गरिरहेको छ ।
नेपाल भिœयाउने र पछिसम्म भण्डारणका लागि आवश्यक विविध प्राविधिक पाटो यस अन्तर्गत पर्छ । अर्को पूर्वाधार अनुमान समितिले खोपका लागि आवश्यक उपकरण, भण्डारण र आपूर्तिको पूर्वमूूल्याङ्कन गर्ने काम गरिरहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance