logo
२०८१ बैशाख २० बिहीवार



विश्वयुद्धमा शहादत प्राप्त गर्नेको सम्झनामा बेलायतमा स्मृति दिवस मनाइयाे

विदेश |


विश्वयुद्धमा शहादत प्राप्त गर्नेको सम्झनामा बेलायतमा स्मृति  दिवस मनाइयाे


करुण अर्याल
लण्डन, कात्तिक २४ गते । संयुक्त अधिराज्य (बेलायत)का लागि पहिलो, दोस्रो विश्वयुद्ध र त्यसपछि भएका विभिन्न द्वन्द्वमा शहादत प्राप्त गरेका र घाइते भएकाको सम्झनामा लण्डनमा आइतबार रिमेम्बरेन्स डे (स्मृति दिवस) मनाइएकाे छ।

बेलायती महारानी एलिजाबेथ द्धितीयको प्रमुख उपस्थिति रहेको कार्यक्रममा, राजकुमार चाल्र्स, राजकुमार विलियम, राजपरिवारका सदस्य, प्रधानमन्त्री बोरिस जोन्सन,प्रमुख प्रतिपक्षी लेबर दलका नेता सर कियर स्टारमर, पूर्व प्रधानमन्त्री टेरेजा मे, डेभिड क्यामरुन, टोनी ब्लेयर,उच्च राजनीतिज्ञ, शिर्ष सैन्य अधिकारी, कूटनीतिज्ञ लगायतको सहभागिता थियो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले ‘रिथ’ चढाउनु भएको थियो । बेलायतको महत्वपूर्ण कार्यक्रम मध्येको एक स्मृति दिवसमा गत वर्षदेखि मात्र नेपालले सहभागिता जनाउँदै आएको हो । बेलायतमा रहेका १८३ देशका राजदूतमध्येबाट सात जनालाई मात्र निमन्त्रणा गरिएको थियो, जसमा नेपाल र आयरल्याण्डका राजदूत तथा माल्टा, मालावी, पपुवा न्यूगिनीलगायतका उच्च आयुक्तहरुको सहभागिता थियो ।

बेलायतबाहेक बेलायतबाट शासित क्षेत्र (कमन वेल्थ ) मा स्मृति दिवस मनाइने गरिन्छ । प्रत्येक वर्ष निकै धुमधाम साथ मनाईने स्मृति दिवस यस वर्ष कोरोनाका कारण सिमित सहभागितामा मात्र मनाइयो । स्मृति दिवस हेर्न बेलायतका विभिन्न स्थानबाट सर्वसाधारण लण्डन आउने गर्दथे । पप्पी डे को नामले समेत चिनिने स्मृति दिवस नोभेम्बर महिनाको दोस्रो आइतबार भव्य रुपमा मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?