logo
२०८१ बैशाख १५ शनिवार

  अमेरिकी राष्ट्रपति निर्वाचन अपडेट  



ट्रम्प र वाइडेनबीच कडा प्रतिश्पर्धा, जित सुनिश्चित भएको दुबैको दावी

विदेश |
अन्तर्राष्ट्रिय |


ट्रम्प र वाइडेनबीच कडा प्रतिश्पर्धा, जित सुनिश्चित भएको दुबैको दावी


कृष्णराज खनाल
वोस्टन, अमेरिका । विश्व भूराजनीतिमा विशेष भूमिका खेल्दै आएको अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ ।
अमेरिकी समयानुसार, बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि थपअन्योल उत्पन्नभएको छ ।
नेपाली समय अनुसार बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार, पूर्व उपराष्ट्र्रपति जो वाइडेनले २३८ इलेक्टोरल मत र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ले २१८ इलेक्टोरल मत प्राप्तगर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनकालागि कुल ५३८ मध्ये स्पष्ट २७० इलेक्टोरल मत आवश्यक पर्छ । हालसम्म अधिकाँश राज्यको मतगणनाको परिणाम आइसकेको छ भने छवटा मुख्य मानिएका राज्यको मत गणना जारी छ । अमेरिकी समय बिहीवार साँझसम्ममामात्रै पूरै मत परिणाम
अमेरिकी समय अनुसार, बुधवार बिहान ९ बजेसम्मको मतगणनामा बाँकी छ वटा राज्यमादुवै उम्मेदवारबीच कडा टक्कर परेको छ दुवैले अझै आफ्नो विजय सुनिश्चित रहेको बताउनुभएको छ । युद्धभूमिका रुपमा चर्चामा रहेका बाँकी छवटा राज्यमध्ये मिसिगन, जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ भने नेभाडा विस्कन्सिन र एरिजोनामा वाइडेनले अग्रता लिनुभएको छ । ट्रपले अग्रता लिनुभएको मध्ये पेन्सिलभेनियामा स्पष्ट अग्रता छ । यहाँबाट २० इलेक्टोरल मत उहाँको पक्षमाजाने लगभगनिश्चित छ । जर्जिया र मिसिगनमा समान १६ इलेक्टोरल मत छ । एरिजोना, नेभाडा र विस्कन्सिनमा वाइडेनको झिनो अग्रता रहेको छ । यी तीन राज्यमा क्रमश, ११, ६ र १० इलेक्टोरल मत छ । यसले परिणाम कस्को पक्षमाजालाभनेर भन्न सक्ने स्थिति छैन । अमेरिकी सयम बिहीवारसम्ममा संभवत राष्ट्र्रपतिको मत परिणाम आउने छ ।
यसैबीच, वाइडेनले अमेरीकी समय बुधवार बिहान सम्वोधनगर्र्दै आफूलाई अमेरिकी जनताले न्यायगर्ने र आफ्नो विजयनिश्चित रहेको बताउँदै प्रत्येक मतको गणना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उता ट्रम्पले पनि बिहानै हुलाकमार्फत आज आएका मतपत्रको गणना गर्न नहुने मान्यता राख्दै यो सरासर झेल हो भन्नुभएको छ । निर्वाचन आयोगले भने नोभेम्वर ५ तारिखसम्म हुलाक मार्फत आएका मतपत्र गणना गरिने निर्देशनजारी गरेको थियो । सर्वोच्च अदालतमा रिट परेको खण्डमा मत गणनाको परिणाम प्रभावितहुनेछ ।
(खनाल पूर्व गोरखापत्रकर्मी तथा अमेरिकामा कार्यरत पत्रकार हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?