गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुईजना नयाँ आवासीय राजदूतहरूले एक विशेष समारोहबीच आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक र युरोपियन युनियनका राजदूत नोना डेप्रेजले राष्ट्रपति भवन, शीतलनिवासमा ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।